You are here
Home > समाचार > राष्ट्रसंघ महासभामा अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालको असहमति

राष्ट्रसंघ महासभामा अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालको असहमति

१२ आश्विन २०७५, शुक्रबार ०९:२३

काठमाडौं –अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालले असहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा नेपाल उभिएको हो। संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय सद्भाव विश्वको आवश्यकता रहेको भन्दै असहमति जनाएका हुन।

अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय कानुनप्रतिको पवित्रता कायम गर्नु पर्नेमा जोड दिए । विश्वस्तरका समस्या समाधानका लागि साझेदारी र सहयोगको नीति अपनाउनुपर्नेमा जोड दिदै ओलीले नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले तिनै तहको निर्वाचनपछि नेपालले प्राप्त गरेका राजनीतिक उपलब्धीबारे पहिलो पटक विश्व फोरममा जानकारी गराउँदै नेपालको आफ्नै मोडलअनुसार वार्ता, आपसी सदभावका कारण शान्तिप्रक्रिया सफल गराएको बताए।

प्रधानमन्त्री ओलीले नेपालको संविधान लोकतन्त्र, स्वतन्त्रता, शक्तिको वाँडफाँड, स्वतन्त्र न्यायलय, आवधिक चुनाव लगायतका विषयमा स्पष्ट रहेको पनि बताए । ४१ प्रतिशत महिला निर्वाचित जनप्रतिनिधि हुनु उपलब्धि भएपनि अझै ९ प्रतिशतले सहभागिता बढाउन सरकार प्रतिवद्ध रहेको ओलीले बताए ।

  • 6
    Shares