You are here
Home > खेलकुद > नेपालले गर्यो पाकिस्तानको पोस्टमा एक दर्जन गोल

नेपालले गर्यो पाकिस्तानको पोस्टमा एक दर्जन गोल

१२ आश्विन २०७५, शुक्रबार २१:४१

काठमाडौं –भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो जित निकालेको छ।

शुक्रबार भएको खेलमा नेपालले पाकिस्तानमाथि १२ – ० को फराकिलो जित निकालेको हो ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले पाकिस्तानविरुद्ध गोलको बर्षा गर्यो । नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

नेपालको जितमा रेखा पौडेल एक्लैले आधा दर्जन बढी गोल गरिन् । रेखा एक्लैले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन । यस्तै सरु लिम्बु, अलिसा जाम्बा, मन्जली कुमारी योन्जन, मनिषा राउत र रश्मी कुमारी घिसिङले एक एक गोल गरिन ।

प्रतियोगिताकै कमजोर मानिएको पाकिस्तानविरुद्ध रेखाले पहिलो हाफको २० मिनेट भित्र ह्याट्रिक गरेकी थिइन् । रेखाले खेलको ५ औं, १७ औं र १९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । यस्तै रेखाले थप गोल ३२ औं, ३८ औं (पेनाल्टी), ७१ औं र ७४ औं मिनेटमा गोल गरेकी थिईन ।

यस्तै नेपालको फराकिलो जितमा सरुले ४६ औं, रश्मीले ६७ औं, एलिसाले ८२ औं, मन्जलीले ८७ औं र मनिषाले ९२ औं मिनेटमा गोल गरिन् ।
जितसंगै समूह ‘बि’ मा रहेको नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले अब मंगलबार बङ्गलादेशको सामना गर्नेछ ।

  • 7
    Shares