You are here
Home > समाचार > किर्ते कागजात काण्डः मालपोत कार्यालय चावहिलका प्रमुख पक्राउ

किर्ते कागजात काण्डः मालपोत कार्यालय चावहिलका प्रमुख पक्राउ

१४ आश्विन २०७५, आईतवार ११:५८

काठमाडौं-काठमाडौं मालपोत कार्यालय चाबहिलका प्रमुख पक्राउ परेका छन् । धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँ बराबरको जग्गा बिक्री गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । चाबहिल मालपोतका थप चार कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् ।

उनीहरूको बयानमा कार्यालय प्रमुखकै संलग्नता खुलेको हो । यसअघि पक्राउ परेका कर्मचारीले कार्यालय प्रमुख तिमल्सिनाको निर्देशनअनुसार नै जग्गा पासको काम भएको उनीहरूको बयान छ ।

व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।

जग्गा बिक्री प्रकरणमा अभियुक्तको संख्या १३ पुगेको छ । यसअघि नौजना पक्राउ परेका थिए । प्रहरीले मालपोत कार्यालय चाबहिलका मालपोत अधिकृत खगेन्द्र अर्याल तथा नासुहरू जमुनाकुमारी श्रेष्ठ, रञ्जन खरेल र रघुनाथ तिमल्सिनालाई प्रहरीले दुई साताअघि पक्राउ गरेको थियो ।

  • 3
    Shares