You are here
Home > समाचार > सुनकाण्ड र सनम शाक्य हत्यामा संलग्नको अनुसन्धान जारीः गृहमन्त्री थापा

सुनकाण्ड र सनम शाक्य हत्यामा संलग्नको अनुसन्धान जारीः गृहमन्त्री थापा

१४ आश्विन २०७५, आईतवार १२:५१

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा बादलले ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या हत्यामा संलग्न व्यक्तिका विषयमा अनुसन्धान जारी रहेको बताएका छन्।

उनले अनुसन्धान प्रतिवेदनमा उल्लिखित व्यक्तिका विषयमा छानबिन भइरहेको बताएका हुन्।

लागूऔषध, मदिरा तथा हिंसाविरुद्ध अभियान सुरुवातका लागि प्रदेश १ पुगेका मन्त्री थापाले आइतबार विराटनगरमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा घटनामा संलग्न केही व्यक्ति पक्राउ हुने जानकारी पनि दिए।

समय आएपछि मन्त्रिपरिषबाट निर्णय गराएर सुन अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने उनले दाबी गरे। निर्णयाधिकार मन्त्रीपरिषद्को भएकाले त्यसका लागि प्रस्ताव लैजान सकिने मन्त्री थापाको भनाइ छ।

सरकारले सुनकाण्ड र सनम शाक्यको हत्याकाण्ड अनुसन्धानका लागि गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिती बनाएको थियो।

  • 2
    Shares