You are here
Home > समाचार > प्रश्नपत्र आउट गरेको आरोपमा अनेरास्ववियुका दुई नेता सिआईभीको फन्दामा

प्रश्नपत्र आउट गरेको आरोपमा अनेरास्ववियुका दुई नेता सिआईभीको फन्दामा

१४ आश्विन २०७५, आईतवार १५:५०

काठमाडौं-त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले अनेरास्ववियुका दुई नेतालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले लैनचौरस्थित अमृत साइन्स क्याम्पसका अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारीलाई पक्राउ गरेको हो ।

विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका उनीहरूले पैसा दिने विद्यार्थीलाई पश्नपत्र उपलब्ध गराएका थिए । सिआइबीका अनुसार उनीहरूले मोबाइलमार्फत प्रश्नको फोटो खिचेर सीमित विद्यार्थीलाई पठाएका थिए।

 

  • 35
    Shares