You are here
Home > समाचार > दशैंलाई लक्षित गरि सुरक्षा सतर्कताः विशेष प्रहरी टोलीदेखि पदैल गस्तीसम्म

दशैंलाई लक्षित गरि सुरक्षा सतर्कताः विशेष प्रहरी टोलीदेखि पदैल गस्तीसम्म

१४ आश्विन २०७५, आईतवार १६:३०

काठमाडौं-काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च अपनाएको छ।

आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा अपनाएको जानकारी दिइएको हो।

परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ।

‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं’, लामाले भने, ‘पैदल गस्ती टोलीमा ५० जना जनशक्ति परिचलान गरिएको छ।’

पन्तका अनुसार साइकल, मोटरसाइकल र भ्यान गस्ती टोली पनि परिचान गरिएको छ। ‘साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएका छन्’, उनले भने, ‘सूचना संकलनका लागि सादा पोशाकमा ७० जनाको टोली खटाएका छौं ।’

‘त्यस्तै, सिल एन्ड सर्च, कडन एन्ड सर्च र एम्बिसिङ, निगरानी अपरेशनमा ३०र३० जनाको टोली खटिएको छ’, उनले थपे, ‘हतियारसहितको क्यूआरटी टोलीमा ५३ जना छन् ।’

उनका अनुसार उपत्यका भित्रिने र बाहिने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।

प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।

  • 4
    Shares