You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः छानविन सदस्य वीरेन्द्र केसीमाथि धनगढीमा आक्रमण

निर्मला हत्या प्रकरणः छानविन सदस्य वीरेन्द्र केसीमाथि धनगढीमा आक्रमण

१४ आश्विन २०७५, आईतवार १७:४७

धनगढी-निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाढीमाथि धनगढीमा आक्रमण भएको हो ।

आइतवार काठमाण्डुबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालयमा जाने क्रममा आक्रमण भएको हो ।

एयरपोर्टबाट कार्यालय जान लागेका केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आाक्रमण भएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । गाडी आक्रमण गर्नेहरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • 2
    Shares