You are here
Home > प्रशासन > ६ वर्षपछि लिपुलेकमा पुग्यो नेपाल प्रहरी, चिनको ताक्लाकोटमा भयो सिमा वैठक

६ वर्षपछि लिपुलेकमा पुग्यो नेपाल प्रहरी, चिनको ताक्लाकोटमा भयो सिमा वैठक

१६ भाद्र २०७५, शनिबार ००:२०

दार्चुला –नेपाल प्रहरी लामो समयपछि नेपाल चिन सिमा क्षेत्र लिपुलेक पुगेको छ । चिनको स्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट जाने क्रममा नेपाल प्रहरीको टोली ६ वर्षपछि लिपुलेक टेको हो । यस अघि २०६८ सालमा ताक्लाकोटमै सिमा वैठक हुदा नेपाल प्रहरीको टोली लिपुलेक पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी नवराज अधिकारी सहितको टोलीपनि ताक्लाकोटको सिमा वैठकमा सहभागी हुने क्रममा यसैसाता लिपुलेक पुगेको हो । टोलीले लिपुलेकमा रहेको नेपाल चिन सिमा पिल्लरमा तस्विर समेत खिचेको थियो ।

सिमा बैठकमा दुई देशका सीमावर्ति सुरक्षा निकाय विच पारस्परीक सुचना आदान प्रदान प्रदान गर्ने, सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा सूचना आदान प्रदान गर्ने, संगठित अपराध नियन्त्रण, वहुराष्ट्रिय अपराध, लागु औषध मानव वेचविखन लगायतका अपराध नियन्त्रण गर्ने बिषयमा छलफल भएको थियो ।

यसैगरी दार्चुलावासीलाई मानसरोवर तथा कैलाश पर्वतसम्मको तिर्थयात्राका लागी वातावारण निमार्ण गर्न र दार्चुला वाट ताक्लाकोट सम्म पास लिएका दार्चुलावासीलाई मौषम प्रतिकुल भएको अवस्थामा हुम्ला को हिल्सा नाकावाट समेत आवतजावत दिन चिनिया तर्फवाट सहभागी प्रतिनिधि मण्डलका प्रमुख लाई आग्रह गरीएको दार्चुलाका डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

यसअघि २०६८ सालयता जिल्ला अधिकारीहरुको द्धिपक्षीय बैठक बस्न सकेको थिएन । भदौ ९ गतेबाट शुरु भएको बैठक सोमबार सकिएको हो । त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुलाका अधिकारीहरु तथा चीनको तिब्बतीयन अधिकारीहरुबीच सम्पर्क समेत नभएको ६ वर्ष पछि नेपालका तर्फबाट दार्चुला, हुम्लाका अधिकारी र चीनका तर्फबाट तीब्बत सीमा कार्यालयका अधिकारी बैठकमा सहभागि थिए।
नेपाल–चीन द्धिपक्षीय सीमा बैठकमा दार्चुलाबाट जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी भीम बहादुर चन्द, तिंकर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक धनबहादुर कठायत लगायतको ४ सदस्यीय नेपाली टोली नेपाल–चीन सीमा बैठकमा सहभागि भएको थियो । हुम्लाबाट प्रमुख जिल्ला अधिकारी यादव प्रसाद ढुंगाना, डिएसपी रविन श्रेष्ठ र सई विनोद बोहरा रहेका थिए।

त्रीदेशीय सीमा क्षेममा नेपालका तर्फबाट राज्यको उपस्थिति निकै कमजोर छ । नेपाल–भारत–चीनको त्रीदेशीय सीमा क्षेत्रमा नेपालका तर्फबाट ६ महिना प्रहरीमात्रै राज्यको उपस्थिति हुने गरेको छ भने ६ महिना राज्यको उपस्थिति शून्य हुने गरेको छ । ६ महिना नेपाल प्रहरीको तिंकरमा प्रहरी चौकी बस्ने गरेको छ भने ६ महिना राप्लाको दुम्लिङ झर्दा त्रीदेशीय सीमा क्षेत्र मानवरहित बन्ने गरेको छ ।

वैठकमा नेपाली टोलीले निम्न ६ बुंदाको उठान गरेको थियो

१ दूई देशका सीमावर्ति सुरक्षा निकाय विच पारस्परीक सुचना आदान प्रदान प्रदान गर्ने
२ सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा सूचना आदान प्रदान
३ संगठित अपराध नियन्त्रण, वहुराष्ट्रिय अपराध, लागु औषध मानव वेचविखन लगायतका अपराध नियन्त्रण
४ सीमा वैठकलाई नियमित गर्ने विषय विषयमा छलफल गरीयो
५ साथै दार्चुलावासीलाई मानसरोवर तथा कैलाश पर्वतसम्मको तिर्थयात्राका लागी चिनिया तर्फवाट सहभागी प्रतिनिधि मण्डलका प्रमुख लाई आग्रह गरियो
६ दार्चुला वाट ताक्लाकोट सम्म पास लिएका दार्चुलावासीलाई मौषम प्रतिकुल भएको अवस्थामा हुम्ला को हिल्सा नाकावाट समेत आवतजावत दिन चिनिया तर्फवाट सहभागी प्रतिनिधि मण्डलका प्रमुख लाई आग्रह गरियो ।

  • 97
    Shares