You are here
Home > खेलकुद > एसिया कप छनोटः मलेसियाविरुद्ध नेपालको खेल बर्षाका कारण प्रभावित

एसिया कप छनोटः मलेसियाविरुद्ध नेपालको खेल बर्षाका कारण प्रभावित

१६ भाद्र २०७५, शनिबार ०८:००

काठमाडौं-एसिया कप छनोटको मलेसियाविरुद्ध नेपालको खेल बर्षाले प्रभावित बनेको छ। बायुमास ओभलमा निरन्तर बर्षा भएपछि अहिलेसम्म टसको निर्णय समेत हुन सकेको छैन सोही कारण खेल सुरु हुन ढिलाई भएको छ ।

नेपाली समय अनुसार बिहान सावाँ ७ बजे टसको समय निर्धारण गरिएको थियो ।समुह चरणका सूरुवाती दुवै खेलमा पराजित भएको नेपाल गर वा मरको स्थितीमा छ ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ । मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा समेत रहने छ । यसअघि नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको थियो ।

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

 

  • 4
    Shares