You are here
Home > राजनीति > राहुल गान्धी पशुपतिमा

राहुल गान्धी पशुपतिमा

१६ भाद्र २०७५, शनिबार ०८:२५

काठमाडौं-भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले शनिबार पशुपतिनाथको दर्शन गरेका छन्।

इन्डिगो विमानबाट शुक्रबार काठमाण्डौ आइपुगेका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी मानसरोवर भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्।

शनिबार बिहान पशुपतिनाथको दर्शन गरी नेपालगन्ज हुँदै हुम्लाको हिल्सासम्म हवाइमार्ग भएर मानसरोवर जाने कार्यक्रम रहेको छ।

अध्यक्ष गान्धीले लाजिम्पाटको र्याडिसन होटलमा रात बिताएका छन्। शुक्रबार नै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र गान्धीबिच भेटवार्ता भएको छ।

२०१९ को निर्वाचनलाई लक्षित गर्दै गान्धी मानसरोवर जान लागेका हुन् । मानसरोवरलाई हिन्दूहरूको महान् आस्थाका रूपमा लिइन्छ ।

  • 19
    Shares