You are here
Home > समाचार > विभिन्न अपराधमा संलग्न ५ जना पक्राउ

विभिन्न अपराधमा संलग्न ५ जना पक्राउ

१६ भाद्र २०७५, शनिबार ०९:४९

बारा-बारा जिल्ला अदालतले कैद सजाय तोकपछि फरार रहेका दुई जना अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दाका फरार अभियुक्त जितपुर सिमरा उपमहानगरपालिका ४ बस्ने विष्णु प्रसाद अधिकारी र लागु औषध मुद्दाका फरार अभियुक्त निजगढ नगरपालिका ११ बस्ने विकास तितुङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रंजित सिंह राठौरले बताए।

अदालतले १ महिना कैद सजाय तोकेपछि झन्डै २० वर्ष देखी कैद भुक्तान नगरी अधिकारी लुकीछिपी बस्दै आएका थिए। यस्तै लागु औषध मुद्दामा १ महिना ५ दिन कैद सजाय पाएका तितुङ्गलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो।

यसैबीच १० लाख मुल्य बराबरको चोरीको मोबाईल सहित प्रहरीले बाराको बारागढी गाउँपालिका ३ खोपवाबाट एक युवकलाई पक्राउ गरेको छ। स्यामसुङ्ग, ओपो लगायत विभिन्न मोडलका ३७ वटा एन्ड्रोईड मोबाईल सहित स्थानीय राजु साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको कुखुरा सहित २ जनालाई प्रहरीले सिम्रौनगढ १ बाट पक्राउ गरेको छ। सिम्रौनगढ नगरपालिका ६ का २२ वर्षिय श्यामकिशोर महतो र शौखिलाल महतोलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।

यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अनुमतिबिना बिक्री वितरणको लागि ल्याईएको ३० हजार रुपैयाँ मुल्य बराबरको औषधी बरामद गरेको छ।

  • 12
    Shares