You are here
Home > समाचार > किशोरीमाथि करणी गर्ने मानबहादुर विष्ट पक्राउ

किशोरीमाथि करणी गर्ने मानबहादुर विष्ट पक्राउ

१६ भाद्र २०७५, शनिबार २१:२०

कञ्चनपुर-कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।

पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए ।

शुक्रबार किशोरीलाई जबदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ।

  • 19
    Shares