You are here
Home > समाचार > उपत्यकाका ६ पर्यटकीय क्षेत्रमा आजदेखि वाइफाइन फ्रि

उपत्यकाका ६ पर्यटकीय क्षेत्रमा आजदेखि वाइफाइन फ्रि

१७ भाद्र २०७५, आईतवार १६:२३

काठमाडौं-राजधानीका केही स्थानमा आइतबारबाट वाइफाई फ्री जडान गरिएको छ। काठमाडौं महानगरपालिकाले हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ धार्मिक तथा पर्यटकीयस्थलमा वाईफाई सेवा फ्री जडान गरेको हो ।

ती ठाउँमा जो कोहीको मोबाइलमा वाईफाई स्वत् कनेक्ट हुनेछ । वल्र्ड लिंकको साझेदारीमा वाईफाई फ्री गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधि सम्बन्धी अन्य कामलाई पनि तिव्रता दिने महानगरले प्रतिबद्धता जनाएको छ।

  • 8
    Shares