You are here
Home > समाचार > नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकद्धारा प्रदर्शन

नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकद्धारा प्रदर्शन

१७ भाद्र २०७५, आईतवार १६:३५

काठमाडौं- नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरुले आइतबार काठमाडौंमा र्यालीसहित प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रर्दशन गरेका हुन्।

चिकित्सकलाई अपराधी करार गर्ने खालको कानुनी व्यवस्था नयाँ मुलुकी ऐनमा गरेपछि त्यसको विरोधमा प्रर्दशनमा उत्रनु परेको चिकित्सकहरुले बताएका छन्। र्यालीपछि नयाँ बानेश्वरमा आयोजित कोण सभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले नयाँ मुलुकी ऐन संशोधन गर्न आफूहरु आन्दोलनमा जान बाध्य हुनु परेको बताए।

चिकित्सकहरुलाई जेल सजाय दिने कानुनी व्यवस्था तत्काल नहटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ।
कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारले ल्याएको सो ऐन ‘जनता मारा’ भएको भन्दै आक्रोश व्यक्त गरे।

उनीहरुले शुक्रबारसम्म पनि आफूहरुको माग सम्बोधन नगरे देशभरका सबै अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिए।

  • 5
    Shares