You are here
Home > राजनीति > नेकपाको स्थायी समिति बैठक सरेको सरै

नेकपाको स्थायी समिति बैठक सरेको सरै

१७ भाद्र २०७५, आईतवार १७:०४

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक फेरि सरेको छ । उच्च तहका नेताहरु विदेश भ्रमणमा जाने भएपछि स्थायी समिति बैठक सरेको हो ।

तल्लो तहका कमिटी तथा भ्रातृ संगठनको एकता प्रक्रिया टुंग्याउन नसकेपछि भदौ ८ र ९ मा तोकिएको बैठकलाई १९ र २० का लागि बोलाइएको थियो । यो मितिमा पनि बैठक नहुने भएको छ ।

यो अवधिमा अधिकांश नेताहरुको विदेश भ्रमण परेकाले भाद्र २६ र २७ लाई नयाँ मिति तोकिएको हो। वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिकामा छन्, भने प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन जाँदैछन्।

 

  • 4
    Shares