You are here
Home > समाचार > स्वयम्भूको जंगलमा एक युवकको किन गर्धन काटियो?

स्वयम्भूको जंगलमा एक युवकको किन गर्धन काटियो?

१८ भाद्र २०७५, सोमबार १४:५३

काठमाडौं-राजधानीको स्वयम्भू जंगलमा एक २२ वर्षीय युवकको गर्धन चुँडिएको अवस्थामा शव फेला परेको छ ।

बाग्लुङको बुर्तिवाङ घर भई काठमाडौंको न्यू समिट कलेजमा बीई लेभलमा अध्ययन गर्दै आएका संगीन बिसीको शव फेला परेको प्रहरी जनाएको हो ।

उनी जनैपूर्णिमाको बेलुका साथीलाई भेट्दै भन्दै स्वयम्भू, ठूलो भर्‍याङस्थित कोठाबाट साँझ निस्केका थिए । उनको शव सडेको अवस्थामा आज राति फेला परेको हो ।

ती युवकको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वित्त स्वयम्भूले जनाएको छ