You are here
Home > समाचार > बालिका बलात्कार आरोपित कुँवर सार्वजनिक

बालिका बलात्कार आरोपित कुँवर सार्वजनिक

१८ भाद्र २०७५, सोमबार १५:३१

कैलाली –जिल्ला प्रहरीका कार्यालय कैलालीले बालिका बलात्कार आरोपितलाई सार्वजनिक गरेको छ। सोमबार कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाका हर्कबहादुर कुँवरलाई सार्वजनिक गरेको हो ।

उनी आइतबार लम्की चुहा नगरपालिका-१० बाट पक्राउ परेका थिए।प्रहरीले उनलाई सोही स्थानकी १४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले प्रकाउ गरेको थियो।

भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकीसमेत रहेका कुँवरले बालिकाकै सलले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

आफन्तले प्रहरीमा उजुरी दिने वित्तिकै प्रहरीलाई परिचालन गरिएको थियो, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, प्रहरीमा खबर गरेको दुई दिनभित्र नै पक्राउ गरिएको हो।

 

  • 9
    Shares