You are here
Home > समाचार > निर्मला हत्या प्रकरणको गहिरो अध्ययन भईरहेको छः एसपी कडायत

निर्मला हत्या प्रकरणको गहिरो अध्ययन भईरहेको छः एसपी कडायत

१८ भाद्र २०७५, सोमबार १६:१९

कञ्चनपुर-कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला पन्त हत्याको रहस्यको गहिरो अध्ययन भइरहेको बताएका छन्। प्रहरीको प्रारम्भिक बयानका आधारमा बम दिदीबहिनीहरुले केही मानिस घरमा आउने जाने गरेको बताएकी छन् ।

एसपी कडायतले भने, सरकारी वकिलले दुवै दिदीबहिनीको बयान लिएका छन्, प्रहरीले पुनः म्याद थरेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ठोस प्रमाण नभेटिएको उनले बताए।

केही शंकाको आधारमा उनीहरुलाई पुनः सोधपुछ गर्न थालिएको उनको भनाई छ। कञ्चनपुरमा नयाँ अनुसन्धानको टोली आएको भन्ने बारे आफुलाई कुनै जानकारी नभएको बताए।

  • 11
    Shares