You are here
Home > प्रशासन > विभिन्न २३ देशका सैनिक गुप्तचर अधिकारीको भेला काठमाडौंमा

विभिन्न २३ देशका सैनिक गुप्तचर अधिकारीको भेला काठमाडौंमा

१८ भाद्र २०७५, सोमबार १६:३३

काठमाडौं-नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड गुप्तचर निर्देशनालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनका लागि विभिन्न २३ देशका सैनिक गुप्तचर अधिकारीहरु काठमाडौंमा भेला भएका छन्। संयुक्त रुपमा आयोजना हुने सम्मेलनका लागि एक सय भन्दा बढी सैनिक गुप्तचर अधिकारी काठमाडौंमा भेला भएका हुन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ देशका ८३ जना उच्च सैनिक अधिकारीहरु सहभागी रहेका छन्।

अमेरिकी सेनाको प्यासिफिक कमाण्ड अन्तर्गत ४६ देशहरु पर्छन्। त्यसमध्ये सम्मेलनमा २३ देशले मात्र सहभागिता जनाएकाछन् । नेपाली सेनाबाट २० जना सहभागी रहेकाले सम्मेलनमा सहभागी हुने सैन्य-गुप्तचर अधिकारीहरुको संख्या १०३ रहेको छ।

  • 20
    Shares