You are here
Home > समाचार > आईजीपी खनालको प्रतिबद्धताः ‘नेपाल प्रहरीलाई एशियाको उत्कृष्ट बनाउँछु’

आईजीपी खनालको प्रतिबद्धताः ‘नेपाल प्रहरीलाई एशियाको उत्कृष्ट बनाउँछु’

१८ भाद्र २०७५, सोमबार १६:४३

वीरगन्ज -प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको उद्घाटन समारोहमा आइजीपी खनालले नेपाल प्रहरी प्रादेशिकस्तरमा उत्कृष्ट रहेको बताउँदै आईजीपी खनालले अरु देशले अनुकरण गर्ने अवस्थामा पुर्याउने दाबी गरेका हुन्। उनले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन्।

अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा खर्चिन समेत उनले प्रहरीलाई निर्देशन दिए।
प्रहरी संगठनको कार्य सम्पादन उत्कृष्ट हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसमा आम नागरिकको सहयोग र सहकार्यको आवश्यकता समेत औंल्याए। ‘जनताले शान्ति सुरक्षाको अनुभूति गरुन, न्याय पाउन भन्ने हाम्रो प्राथमिकता हो। सोचेको जस्तो उपलब्धी त भएको छैन,’ उनले भने, ‘आम जनताले प्रहरी प्रशासनको सेवा साह्रै राम्रो छ भन्ने अवस्थामा नआएसम्म राम्रो मान्न सकिन्न ।’

महानिरीक्षक खनालले अघि भने, ‘तीनै तहको सरकारसँग मिलेर शान्ति सुव्यवस्था कायम राख्न, जनताले अनुभूति गर्नेगरि न्याय सम्पादनमा सघाउन, समृद्ध मुलुक निर्माणमा प्रहरीसँगठन सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्न तयार छ।’

सबै स्थानीय तहसम्म प्रहरी युनिट पुर्‍याउने अभियानमा प्रहरी संगठन लागि परेको पनि उनले जानकारी दिए।
नयाँ मुलुकी संहिताले धेरै विषयहरुलाई अपराधको संज्ञा दिएकोले प्रहरी संगठन झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने मा जोड दिए।

महिला हिंसा, लागू औषधविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न उनले मातहतका अधिकारीहरुलाई निर्देशन समेत दिए ।

  • 50
    Shares