You are here
Home > खेलकुद > एशिया कप छनोटः नेपालले हङकङसँग प्रतिस्प्रर्धा गर्ने

एशिया कप छनोटः नेपालले हङकङसँग प्रतिस्प्रर्धा गर्ने

१९ भाद्र २०७५, मंगलवार ०८:१७

काठमाडौं –मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग भिड्ने भएको छ।

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा छ। हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ।

नेपाल ओमान र संयुक्त अरब इमिरेट्स ‘युएइ’सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ। चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ। मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् ।