You are here
Home > समाचार > नेकपाका प्रवक्ता विश्वकर्मा फेरी पक्राउ

नेकपाका प्रवक्ता विश्वकर्मा फेरी पक्राउ

१९ भाद्र २०७५, मंगलवार १३:४१

काठमाडौं-सर्वोच्च अदालतको आदेशमा सोमबार रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मालाई भोजपुर लगिएको छ ।

मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको हो। विश्वकर्मालाई विराटनगर विमानस्थलबाट सुनसरीसम्म पु्याएको जिल्ला प्रहरी मोरङ प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए।

निर्वाचनताका चुनावी प्रचारप्रसारका क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कारबाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ।

नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध विरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नपुर्याई थुनामा नराख्न आदेश दिएको थियो।

विश्वकर्मालाई अदालतले रिहा गर्न आदेश दिए पनि बारम्बार छाड्दै पक्राउ गरेकोमा गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो।

यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो।

  • 5
    Shares