You are here
Home > खेलकुद > हङकङसंग पराजित हुँदै नेपाल एशिया कप छनोटबाट बाहिरियो

हङकङसंग पराजित हुँदै नेपाल एशिया कप छनोटबाट बाहिरियो

१९ भाद्र २०७५, मंगलवार १४:१२

काठमाडौं –काठमाडौं नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ । समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित हुँदै नेपाल नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

यो संगै इन्डिया, पाकिस्तान सहभागि हुने एशिया कप खेल्ने नेपालको सम्भावना सकिएको छ ।

यसअघि सुरुवाती व्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो।

नेपाल हङकङसंग ३ विकेटले पराजित भएको हो। ९६ रनको लक्ष्य पछ्याएको हङकङले ३२ ओभर २ बलमा भेट्टाएको हो ।
हङकङले नेपालले दिएको ९६ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो।

नेपालको लागी सन्दिप लामीछानेले ५ विकेट लिए। त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए ।

हङकङको लागी अ‌शुमन रथले सर्बाधिक ५२ रनको योगदान दिए ।

पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए।

सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए ।

  • 3
    Shares