You are here
Home > समाचार > गुण्डा नाइके लामा पक्राउ

गुण्डा नाइके लामा पक्राउ

१९ भाद्र २०७५, मंगलवार १९:५३

काठमाडौं-फोनबाट आफ्नै गाउँका व्यक्तिलगायत व्यापारीलाई धाकधम्की दिँदै मार्ने चेतावनी दिने गुण्डानाइके आज पक्राउ परेका छन्।

काभ्रे, तिमाल–६ का सत्यमान लामालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो।लामाले आफ्नै गाउँका मानबहादुर तामाङसहित केहीलाई फोनबाट धम्काएर अश्लील शब्द प्रयोग गर्ने, मारिदिन्छु भन्ने धम्की दिएपछि प्रहरीमा उजुरी परेको थियो।

चुनदेवीमा बस्दै आएका लामालाई ठमेलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।