You are here
Home > प्रशासन > ‘काठमाडौं प्रहरी अवार्ड’ डिएसपी लिम्बुदेखि जवान श्रेष्ठसम्म

‘काठमाडौं प्रहरी अवार्ड’ डिएसपी लिम्बुदेखि जवान श्रेष्ठसम्म

२० भाद्र २०७५, बुधबार १४:३९

काठमाडौं-साउन महिनाको ‘काठमाडौं प्रहरी अवार्ड’ महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी टेकुनन्द इवा लिम्बु र महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी गौतमकुमार केसीलाई संयुक्त रुपमा प्रदान गरिएको छ।
उनीहरुलाई बुधबार परिसरमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौं र नेपाल–बंगलादेश बैंकले स्थानपना गरेको उक्त पुरस्कारको राशी डिएसपी तहको अधिकृतका लागि ५० हजार रुपैयाँ रहेको छ। सोह्रखुट्टे बृत्तका प्रमुख केसीले उपत्यकामै उत्कृष्ठ प्रहरी अधिकृतहरुको रुपमा काम गरेर चर्चामा रहेका छन्।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको कमाण्ड सम्हालेको १५ दिन नबित्दै कार्यालय व्यवस्थापनमा सबैलाई पछि पार्दै उत्कृष्ठ काम गरेका छन् ।

त्यस्तै, प्रहरी निरीक्षकतर्फ प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी निरीक्षक अनिलकुमार अधिकारी र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठलाई उत्कृष्ट प्रहरी निरीक्षक भएका छन्।

उनीहरुलाई संयुक्त रुपमा जनही ३५ हजार पुरस्कार राशी प्रदान गरिएको छ । प्रहरी नायब निरीक्षकतर्फ मिनबहादुर खड्का र पूर्णबहादुर कठायत, प्रहरी सहायक निरीक्षकतर्फ सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्का पुरस्कृत भएका छन् ।

‘प्रहरी नायब निरीक्षकको पुरस्कार राशि २५ हजार र प्रहरी सहायक निरीक्षकको पुरस्कार राशी २० हजार रहेको छ’ ।

‘प्रहरी हवल्दारतर्फ किशोरकुमरा गोले र रुपबहादुर थापा पुरस्कृत भएका छन्। उनीहरुको पुरस्कार राशी १५ हजार प्रदान गरिएको छ। प्रहरी जवानतर्फ कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठ १० हजार नगद सहित पुरस्कृत भएका छन्।

  • 14
    Shares