You are here
Home > अर्थ/बजार > शेयर बजार ५१ अंकले उकालो

शेयर बजार ५१ अंकले उकालो

२० भाद्र २०७५, बुधबार १६:२४

काठमाडौं-साताको चार दिनमै सेयर बजार ५१ अंकले उकालो लागेको छ । आइतबार ८.५९, सोमबार १५.९८, मंगलबार ३.९८ र बुधबार २३.८९ अंकले सेयर बजार बढेको हो ।

सेयर बजार परिसूचक (नेप्से)सँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आइतबार ३० करोडको सेयर किनबेच भएको बजारमा सोमबार ५४ करोड र मंगलबार ५२ करोडको सेयर कारोबार भएको थियो ।

बुधबार १६७ कम्पनीको ७१ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार १७ लाख कित्ता सेयर किनबेच भएकोमा बुधबार उल्लेख्य वृद्धि भई २३ लाख ८१ हजार ६५० कित्ता सेयर किनबेच भएको छ ।

बुधबार व्यापार र उत्पादनमूलकबाहेक सबै समूह उकालो लागेका छन् । बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा र लघुवित्तको सेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, एनएमबी माइक्रोफाइनान्स र कुमारी बैंकका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढी र रैराङ हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी कमाएका छन् ।

  • 4
    Shares