You are here
Home > प्रवास > सीमा क्षेत्रमा पाकिस्तानले गर्यो हतियार खडा, भारतीय सेनाले संघर्षविराम उल्लघन गरेको आरोप

सीमा क्षेत्रमा पाकिस्तानले गर्यो हतियार खडा, भारतीय सेनाले संघर्षविराम उल्लघन गरेको आरोप

२१ भाद्र २०७५, बिहीबार १३:४५

इस्लामावाद –पाकिस्तानले भारतीय सेनाले सिमा क्षेत्रमा संर्घषविरामको उलङ्घन गरेको आरोप लगाएको छ। भारतीय सेनाले असैंन्य क्षेत्रमा मंगलबार आक्रमण गरेर एकजना सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको पाकिस्तानले आरोप लगाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार (दक्षिण एशिया – दक्षेस) कोटककोटरा क्षेत्रमा भारतीय सेनाले नियन्त्रण रेखा भन्दा अगाडी आएर गोलाबारी गरेको प्रवक्ता मोहम्मद फैसल ले बताएका छन। भारतले पटकपटक धेरैं पटक संर्घष विरामलाई उल्घन गर्ने गरेको पाकिस्तानले आरोप लगाउँदैं आएको छ ।

विदेश कार्यालयका अनुसार भारतीय सेनाले आजसम्म जम्मा २००० हजार पटक नियम मिचेको छ। भारतको यस हर्कतले त्यस क्षेत्रमा झण्डैं ३२ जना निर्दोष जनताले ज्यान गुमाएको पाकिस्तानले जनाएको छ ।

साथै, १२२ जना नागरिक घाइते भएको पाकिस्तानले आरोप लगाउँदैं आएको छ । पाकिस्तानले भारतले आफ्नो हर्कतलाई सुधार गर्न नसक्ने हो भने यो आफुहरुका लागि राम्रो नहुँने बताएको छ । पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भए पछि सिमाक्षेत्रमा भएको घटनालाई लिएर भारतलाई चेतावनी दिएको यो पहिलो पटक हो ।

भारतले असैन्य क्षेत्र,लक्षित समुदाय माथि आक्रमण गर्ने गरेको जनाइएको छ । भारतीय यस कार्यले उसले अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुन तोडेको आरोप लागेको छ ।

भारतले गरेको यस क्रियाकलापले सिमाक्षेत्रमा वस्ने जनता डरमा बाँच्नु परेको छ । भारत आफैंले सन २००३ मा गरेको सम्झौतालाई पालना गर्न आवश्यक नठानेको भन्दैं यसप्रति गम्भिर हुन आग्रह गरिएको छ । भारत र पाकिस्तान मा भारतीय पक्ष बाट संयुक्त राष्ट्र सुरक्षा परिषदले दिएको समाधान अनुसार व्यवहार गर्न भारतलाई चेतावनी दिएको छ । एजेन्सी

  • 8
    Shares