You are here
Home > समाचार > अपहरणमा परेका एक जनाको सकुशल उद्धार, ८ जना अपहरणकारी पक्राउ(नामसहित)

अपहरणमा परेका एक जनाको सकुशल उद्धार, ८ जना अपहरणकारी पक्राउ(नामसहित)

२१ भाद्र २०७५, बिहीबार २०:२७

भक्तपुर-भक्तपुरबाट आज दिउँसो अपहरणमा परेको एक जनालाई प्रहरीको सक्रियताले सकुशल अपहरण मुक्त गर्न गरेको छ। सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका बस्ने बर्ष ४७ का बिष्णु कटुवाललाई बनेपा इलाका प्रहरीचौकीका प्रहरी निरीक्षक सुनिल जंग शाह र प्रहरी चौकी पनौतीका प्रमुख सई शिव कार्कीको टोलीले धुलिखेलबाट उनलाई अपहरण मुक्त गरेको हो।

बनेपा इलाका प्रहरीलाई भक्तपुर सल्लाघारीबाट निलो रंगको टयाक्सीमा राखी जबरजस्ती नालाको बाटो हुँदै काभ्रे तर्फ लिएर हिडेको भन्ने सुचनाका आधारमा प्रहरी टोली लिएर अनुसनधान गर्दा सबैलाई धुलिखेलबाट पक्राउ गर्न सफल भएको बनेपा चौकी प्रहरी निरीक्षक सुनिल जंग शाहले बताए।

अपहरणमा काभ्रे बनेपाको दिपक भुजेल, काभ्रे नमोबुद्धका राजन घिरासैनी, सर्लाही घर भई बनेपाबस्ने कृष्णहरी अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई सुर्यविनायक बस्ने रामेश्वर सिलवाल, रामेछाप खाडादेवीका टेक बहादुर बिक, काठमाडौंको धननारायण तण्डुकार, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाको रन्जन सिलवाल र मकवानपुर पालुङ ७ का टयाक्सी चालक नकुल कार्की लाई बिहिबार साँझ ५ बजे पक्राउ गरेको निरीक्षक शाहले बताए।

धुलिखेलबाट उनीहरुले प्रयोग गरेको बा ५च ९७३५ नम्बरको प्राईभेट टयाक्सी, बा७८प ५०५ नम्बरको कालो मोटरसाइकल र बा३४प ५०० नम्बरको रातो स्कुटी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • 6
    Shares