You are here
Home > समाचार > गुण्डा नाइके ‘बाघे’ बालाजुबाट पक्राउ

गुण्डा नाइके ‘बाघे’ बालाजुबाट पक्राउ

२१ भाद्र २०७५, बिहीबार २०:५०

काठमाडौं– गुण्डा नाईके शुकबहादुर तामाङ ‘बाघे’ पक्राउ परेका छन्। रकम असुली र धाक धम्की दिएको अभियोगमा बाघेलाई बालाजुबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिएका छन् ।

ठुलो भर्याङमा इँट्टा, बालुवा तथा रोडा डिपोसमेत सञ्चालन गर्दै आएका ‘बाघे’ लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन्। पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बाघेमाथि सार्वजनिक अपराध मुद्धामा म्याद लिएर अनुसन्धान गरिने एसएसपी लामाले बताएका छन् ।

तत्कालीन एसएसपी छविलाल जोशी काठमाडौं प्रहरी प्रमुख रहँदा यसअघि ‘बाघे’ २०७४ बैशाख १० गते पक्राउ परेका थिए ।

पछिल्लो समय आफुलाई समाजसेवी बताउने ‘बाघे’ ले बालाजु एरियालाई आफ्नो गुण्डागर्दीको अखडानै बनाएको सुरक्षा अधिकारीहरु बताउँछन् ।