You are here
Home > समाचार > अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिन सर्वेन्द्र खनालको निर्देशन

अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिन सर्वेन्द्र खनालको निर्देशन

२२ भाद्र २०७५, शुक्रबार १२:०२

काठमाडौँ-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिरामीको गुनासो नआउने गरी समानरुपले गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन्। नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी र महिला ब्यारेक भवनको शिलान्यास र हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

महानिरीक्षक खनालले अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य तर्फ आफू तल्लीन रहेको बताए। उनले प्रहरीले अपराध नियन्त्रण सम्वन्धी थालेको अभियानलाई सफल पार्न अस्पताललगायत सबै इकाइका प्रहरी आ आफ्नोतर्फबाट लाग्नुपर्नेमा जोड दिए।

“प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ, आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्छ”,उनले भने। कार्यक्रममा महानिरीक्षक खनालले अस्पतालबाट प्रकाशित ‘नेपाल मेडिकल जर्नल’ विमोचन गर्नुका साथै उत्कृष्ट काम गर्ने अस्पतालका कर्मचारीलाई नगद पुरस्कार समेत प्रदान गरे।