You are here
Home > प्रशासन > कामु प्रधानसेनापति थापा विवादमा, संगठनकै सहायक रथी दाहालद्धारा रिट दायर

कामु प्रधानसेनापति थापा विवादमा, संगठनकै सहायक रथी दाहालद्धारा रिट दायर

२२ भाद्र २०७५, शुक्रबार १२:३१

काठमाडौं-फूली नलगाउँदै नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा विवादमा आएका छन्। संगठनकै सहायक रथी नैनराज दाहालले उनीविरुद्ध रिट दायर गरेका हुन् । बढुवामा अन्याय गरेको भन्दै थापा र बढुवा समिति विरुद्ध उनले मुद्धा दायर गरेका छन्।

२०७२ साउन १ गते महासेनानीबाट दाहाल सहायक रथीमा पहिलो नम्बरमा बढुवा भएका थिए। तर सेनाले वरियताक्रममा दाहालभन्दा जुनियर रहेका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई उपरथीमा बढुवा सिफारिस गरेको छ।

दक्षिण सुडान स्थित राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत सेक्टर कमान्डरमा कार्यरत दाहाल बढुवामा अन्याय भएपछि नेपाल फर्किएका छन्।
आफूलाई नियतबश रुपमा अन्याय गरिएको उनले बताएका छन्।

कामु प्रधानसेनापति थापाले आइतबारदेखि सेनाको कमान्ड सम्हाल्ने छन्। तर, कमान्ड नसमाल्दै उनले गरेका निर्णयमा विवाद सृजना उत्पन्न भएको छ।

  • 7
    Shares