You are here
Home > राजनीति > बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरुबीच सैन्य अभ्यास गर्ने निर्णय भएको छैनः ज्ञवाली

बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरुबीच सैन्य अभ्यास गर्ने निर्णय भएको छैनः ज्ञवाली

२२ भाद्र २०७५, शुक्रबार १३:४३

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट पारेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै निर्णय नगरिएको स्पष्ट पारे।

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समितिका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपाल प्रतिवद्ध रहेको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिए ।

उनले बिमस्टेक शिखर सम्मेलनको १८ बुदे काठमाडौँ घोषणा पत्र कार्यान्वयनका गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरुबीच श्रीलंकामा बैठक बस्ने तयारी भइरहेको पनि बताए ।