You are here
Home > समाचार > महोत्तरीमा गोली प्रहार गरि लुटपाट, पाँच जना घाइते

महोत्तरीमा गोली प्रहार गरि लुटपाट, पाँच जना घाइते

२३ भाद्र २०७५, शनिबार ०९:०९

महोत्तरी-भंगहा नगरपालिका वडा नम्बर ४ मा शुक्रबार राति गोली प्रहार गरी लुटपाट भएको छ। शुक्रवार राति १२ बजे दश भन्दा बढी अपरिचित डाँका समूहले प्रहार गरेको गोलीको छर्राले घरधनी अर्जुन भुजेल घाइते भएका छन भने अन्य चारजनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ। डाँका समूहले छिमेकी उद्धार गर्न आउँदा मोटरसाइकलमा बमसमेत प्रहार गरेका थिए।

डाँकाको प्रहारबाट ४५ वर्षीय अर्जुन भुजेल, पत्नी ४२ वर्षीय अञ्जु, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दीपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन्। उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डाँका समूहले नगद सहित करिब १० लाख रुपैयाँबराबरको गरहगना लुटेका छन्। अर्जुनकी श्रीमती र आमाले कानमा लगाइराखेको सुनको गहना समेत लुटिएको छ। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ।

घटनास्थलबाट रातो कपडामा बेरिएको सुतली बमको टिन तीन थान र गोलीको खोका तीन थान फेला परेको प्रहरीको भनाइ छ।

  • 6
    Shares