You are here
Home > समाचार > अल्टिच्यूड एयरको हेलिकप्टर सम्पर्कबिहिन,सात जनाको नाम खुल्यो

अल्टिच्यूड एयरको हेलिकप्टर सम्पर्कबिहिन,सात जनाको नाम खुल्यो

२३ भाद्र २०७५, शनिबार १२:२६

  काठमाडौं-गोर्खाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्क बिहीन भएको छ । गोर्खाबाट उडेको अल्डिच्यूड एयरलाइन्सको नाइन एन (एएलएस) अल्फा लिमा शेरा कल साइनको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र मेघाङ एशियाबाट सम्पर्कबिहीन भएको हो ।

अल्टिच्यूड एयरका मार्केटिङ अधिकृत सीताराम सापकोटाका अनुसार गोर्खाको सानागाउँबाट उडेको हेलिकोप्टर बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्कबिहीन भएको हो । हराइरहेको हेलिकोप्टरको खोजीका लागि एल्टिच्यूटडकै अर्को हेलिकप्टर पठाइएकोमा प्रतिकूल मौसमका कारण फर्किएको र अहिले पनि आफ्नो सहित सिम्रक र श्री एयरको हेलिकोप्टर समेत परिचालन भइरहेको सापाकोटाले जानकारी दिए।

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ५ जना नेपाली र एक जना जापानी नागरिक थिए । हेलिकोप्टरमा पाइलट केसी सहित गोर्खा चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डिकी, सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सु थिए ।