You are here
Home > समाचार > हराएको हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, मौसम खरावका कारण उद्धारमा समस्या

हराएको हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, मौसम खरावका कारण उद्धारमा समस्या

२३ भाद्र २०७५, शनिबार १३:०५

काठमाडौ-मौसमको खराबीले हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त भएको छ ।धादिङ र नुवाकोटको सीमा क्षेत्र सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर दुर्घटनाग्रस्त फेला परेको भनिएपनि प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त हेलिकोप्टरको उद्धार कार्यमा कठिनाई भएको छ ।

उद्धारका लागि काठमाडौंबाट उडेको एक नीजि हेलिकोप्टर अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको छ । सेनाको हेलिकोप्टरले पनि उद्धार गर्न सकिइरहेको छैन ।

हेलिकोप्टर खोज्न स्थगलत प्रहरी परिचालन गरिएको छ । धादिङको दार्खा प्रहरी चौंकीबाट प्रहरी परिचालन गरिएको छ ।

उत्तरी गोरखाको सावागाउँमा सुत्केरीको विरामी लिन गएको अल्टिच्युड एअरलाइनसको हेलिकोप्टर दुर्घटनामा परेको छ । तर, हेलिकोप्टरमा सुत्केरी बिरामी नभई अन्य यात्रुहरु थिए । गाउँमै सुत्केरी भइसकेपछि खाली फर्कन लागेको हेलिकोप्टरमा अन्य यात्रु चढेका थिए ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।