You are here
Home > समाचार > मन्त्री फेरबलका लागि सरकारका कुनै छलफल भएको छैनः गृहमन्त्री थापा

मन्त्री फेरबलका लागि सरकारका कुनै छलफल भएको छैनः गृहमन्त्री थापा

२३ भाद्र २०७५, शनिबार १५:१७

गोरखा-नेकपाका नेता समेत रहेका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले मन्त्री फेरबदल हुँदैछ भनेर सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन्। प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको स्पष्ट पारे।

तत्काल सरकारका मन्त्रीहरु फेरबदल हुने सम्भावना नरहेको बताउँदै गहृमन्त्री थापाले भने, ‘सिद्धान्त मन्त्री फेरिनै नहुने भन्ने होइन, थपिन सक्छन्, फेरबदल हुन सक्छन, तर अहिले त्यसको चर्चा छैन । तर यो शंका मात्रै हो त्यस्तो कुनै सम्भावना छैन ।’

पछिल्लो समय तस्करी र सिण्डिकेटका सञ्जाल तहसनहस बनाउन सरकार पूर्णरुपमा सफल भएको जानकारी दिँदै मन्त्री थापाले भने, ‘जनताले दिएको सम्वृद्धि र सुशासनको जनादेश अनुसार नै सरकारले काम अघि बढाएको छ ।’ पछिल्लो केहि अराजक तत्वले देशमा अस्थिरता निम्त्याउन लागिपरेको मन्त्री थापाले आरोप लगाएका छन् ।