You are here
Home > समाचार > डुंगा दुर्घटनाः दुईको मृत्यु

डुंगा दुर्घटनाः दुईको मृत्यु

२३ भाद्र २०७५, शनिबार १६:५८

पोखरा-पोखराको बेगनासतालमा भएको डुंगा दुर्घटनामा दुईको मृत्यु भएको छ । डुंगामा सवार १२ मध्ये ३ को उद्धार गरिएको छ ।

बेगनासतालपारी तीजको दर खान जाँदा डुंगामा सवार बालक खसेपछि उनलाई बचाउन खोज्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कृष्णकुमारी बजगाईं र जमुना कँडेलको मृत्यु भएको छ । पोखरा–२८ की बजगाइँको लेखनाथ सामुदायिक अस्पताल र र लेखनाथकी कँडेलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।