You are here
Home > खेलकुद > साफ च्याम्पियनसिप फुटबलः नेपाल साफ फुटबलको सेमिफाईनलमा प्रवेश

साफ च्याम्पियनसिप फुटबलः नेपाल साफ फुटबलको सेमिफाईनलमा प्रवेश

२३ भाद्र २०७५, शनिबार २०:५४

काठमाडौं-नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ। घरेलु टोली बंगलादेशलाई पराजित गर्दै नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो।

नेपालले बंगलादेशलाई २–० ले हरायो । नेपालको जितमा एकमात्र गोल विमल घर्तिमगरले गरे। खेलको ३३ औ मिनेटमा फ्रिकिकमा उनले गोल गरेका थिए । सुनिल वललाई बंगलादेश डिफेन्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्रिकिकको अवसर पाएको थियो ।

फ्रिकिकमा गोल गर्दै विमलले साफमा कीर्तिमानी ४ गोल बनाउन चुकेनन्। खेलको अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो।

जितसंगै नेपाल ६ अंक जोड्दै समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गर्यो। समान अ‌ंक भएपनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४मा प्रवेश गर्यो।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो। भुटानबिरुद्धको जितले नेपाली टोली उत्साहित थियो।