You are here
Home > समाचार > प्रधानसेनापति रथी पूर्णचन्द्र थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै

प्रधानसेनापति रथी पूर्णचन्द्र थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै

२४ भाद्र २०७५, आईतवार ०७:०७

काठमाडौं-कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रपति भण्डारीले रथी थापालाई राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरिने छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै छन् ।विसं २०१७ भदौ २५ गते लमजुङमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।

नेपाली सेनाका सहायक रथी नैनराज दाहालले बढुवामा अन्याय गरेको भन्दै प्रधानसेनापति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।