You are here
Home > समाचार > १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जना पक्राउ

१३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जना पक्राउ

२४ भाद्र २०७५, आईतवार ११:०१

काठमाडौं-१३ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौ जना पक्राउ गरेको छ । एकजनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठजनालाई शनिबार मात्र पक्राउ गरेको हो ।

बालिकाको पेटमा २४ हप्ताको गर्भ रहेको जनाइएको छ । उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम खुलाउन नमिल्ने जानकारी दिए। एकै ठाउँका नौ जना विरुद्ध बलात्कारको उजुरी परेको छ ।

दुईजना भने फरार रहेको प्रहरीले जनाएको छ । सबैले फरक–फरक समयमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरी परेकाहरू १८ वर्षदेखि ६५ वर्षसम्मका रहेको प्रहरीले जनाएको छ।

  • 8
    Shares