You are here
Home > प्रशासन > चिनीयाँ जनमुक्ति सेनासँग ‘सगरमाथा फ्रेन्डसिप’ अभ्यासका गर्न नेपाली सेना चिन जाने

चिनीयाँ जनमुक्ति सेनासँग ‘सगरमाथा फ्रेन्डसिप’ अभ्यासका गर्न नेपाली सेना चिन जाने

२४ भाद्र २०७५, आईतवार ११:२९

काठमाडौं –नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असोज १ गतेदेखि सैन्य अभ्यास हुने भएको छ।सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो।

नेपाल र चीनको संयुक्त सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ।प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा अभ्यास केन्द्रीत हुने भण्डारीले बताए।
नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।

भारतीय सेनासँग हुने ‘सूर्यिकरण’ सैन्य अभ्यासको तेह्रौं संस्करण गत जेठमा भारतको पिथौरागढमा भएको थियो।भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ।

यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली पुणे जाने तय भएको थियो।काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए।

बिमस्टेकको सैन्य अभ्यासमा सहभागी हुने निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएपछि अन्तिम समयमा सरकारले सहभागी नहुन निर्देशन दिएको हो।

  • 23
    Shares