You are here
Home > समाचार > दैलेखमा चितुवाको छालासहित एक पक्राउ

दैलेखमा चितुवाको छालासहित एक पक्राउ

२४ भाद्र २०७५, आईतवार १३:३६

दैलेख — अछामको तुर्माखात गाउँपालिका–६ धमालिका १८ वर्षीय नवीन धमलालाई चितुवाको छाला सहित दैलेखमा प्रकाउ गरिएको छ।

कर्णाली प्रदेश कार्यालयको विषेश टोलीले सुराकीका आधारमा दैलेखको राकम कर्णालीबाट धमलालाई चितुवाको छाला सहित प्रकाउ गरेको हो।

अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए ।

दैलेखमा चितुवाको छालासहित व्यक्ति पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरी प्रमुख पोखरेलले बताए ।

प्रकाउ परेका नविन कक्षा १२ अध्ययनरत थिए ।

  • 9
    Shares