You are here
Home > समाचार > विश्वको कुन देशसँग छ त्यस्तो सबैभन्दा खतरनाक ह्याकर्स सेना?

विश्वको कुन देशसँग छ त्यस्तो सबैभन्दा खतरनाक ह्याकर्स सेना?

२४ भाद्र २०७५, आईतवार १९:१४

काठमाडौं-यस वर्षको अगस्ट महिनामा प्रत्येक वर्षजस्तै अमेरिकाको लस भेगासमा एक विशेष मेला लाग्यो । यो मेला थियो ह्याकर्सको । जसमा साइबर विशेषज्ञदेखि लिएर बच्चासम्म हरेक उमेरका व्यक्तिले ह्याकिङको दक्षता देखाइरहेका थिए ।  लस भेगासमा प्रत्येक वर्ष ह्याकर्स भेला हुन्छन् ।

उनीहरुको दक्षताको निगारनी गरी अमेरिकाका साइबर विशेषज्ञले ह्याकर्सको दिमाग कसरी काम गर्छ भन्ने बझ्छन् । उनीहरु कसरी ठूल्ठूला अपरेसन चलाउँछन् ।  जुन समयमा ह्याकर्सको यो मेला लस भेगासमा लगेको थियो, त्यही समय ह्याकर्सले एक भारतीय बैंकमा साइबर आक्रमण गरेर करिब ३ करोड डलरको रकम उडाएका थिए । विश्वभर प्रत्येक समय सरकारी वेभसाइटदेखि लिएर ठूला निजी कम्पनी तथा सामान्य मानिसमाथि साइबर आक्रमण भइरहेका हुन्छन् ।

बिबिसीको एक रेडियो शृंखलाले आखिर ह्याकिङको यो साम्राज्य कसरी चल्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ । उनीहरुले साइबर विशेषज्ञको मद्दतले ह्याकर्सको खतरनाक र रहस्यमयी संसारमा नियाल्ने प्रयास गरेका छन् ।  सन् १९९० को दशकमा सोभियत संघको विघटनपछि रुसमा धेरै विशेषज्ञ अचानक बेरोजगार बने । उनीहरु इलेक्ट्रोनिक्स इन्जिनियर थिए र गणितज्ञ । दैनिकी चलाउन उनीहरु इन्टरनेको संसारमा फैलन सुरु गरे ।

त्यस समय साइबर सुरक्षालाई लिएर त्यति धेरै संवेदनशीलता थिएन न त जानकारी नै ।  यी रुसी विशेषज्ञले ह्याकिङको सामाज्यको सुरुवात गरे । उनीहरुले बैंक, वित्तीय संस्थानहरु, दोश्रो देशका सरकारी वेभसाइटलाई निशाना बनाउन सुरु गरे । आफ्नो सफलताको किस्सा अखबार तथा पत्रिकामा बताउँथे ।

त्यस समय रुसी ह्याकरहरु आफूलाई हिरो सझन्थे, जसको नाममा एक पत्रिका नै प्रकाशित हुन्थ्यो । त्यस समय हरेक ठूला रुसी ह्याकरको सम्बन्ध ह्याकर पत्रिकासँग थियो । रुसको गुप्तचर एजेन्सी एफएसबीलाई यी ह्याकर्सका बारेमा जानकारी थियो ।  तर, अचम्मको कुरा के थियो भने रुसी सरकारलाई यी ह्याकर्सको कर्तुतबाट कुनै समस्या थिएन, उल्टो यी ह्याकर्सबाट फाइदा उठाउन चाहन्थे ।

एफएसबीका प्रमुखले नीजि रुपले थुप्रै ह्याकर्सलाई चिनेको रुसी पत्रकार आन्द्रेई सोश्रिकोफ बताउँछन् । सन् २००७ मा रुसी ह्याकर्सले छिमेकी देश एस्टोनियामा ठूलो साइबर आक्रमण गरे । यी ह्याकर्सले एस्टोनियाको सयौँ वेभसाइटलाई ह्याक गरे, जुन रुसी सरकारको इशारामा गरेका थिए ।

त्यको अर्को वर्ष रुसी ह्याकर्सले एक अर्को छिमेकी देश जर्जियाका तमाम सरकारी वेभसाइटलाई साइबर आक्रमण गरी ध्वस्त पारिदिए । फ्रिलेन्स ह्याकर्समाथि विश्वास गर्न नसकिने, त्यसै आफ्नै ह्याकर आर्मी तयार गरुँ भन्ने रुसी सरकारलाई लाग्यो । रुसी ह्याकर्सको यही साइबर सेनाले जर्जियामा सन् २००८ मा हमला गरेका थिए । अहिलेको समयमा रुससँग भएको सबैभन्दा शक्तिशाली सेना यिनै हुन् ।  उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा आधिपत्य गरेको रुसी ह्याकर्समाथि आरोप छ ।

उनीहरुले ह्वाइट हाउसमा साइबर हमला गरेको आरोप छ । नेटो र पश्चिमी देशका सञ्चारमाध्यम पनि रुसी ह्याकर्सको निशानामा छन् ।  रुसबाट भएका साइबर हमलामा एक विशेष समूहको नाम धेरै पटक आयो, जसको नाम हो– फैन्सी बियर । ह्याकर्सको यस समूहलाई रुसको सैन्य इन्टेलीजेन्सले चलाउने बताइन्छ ।

यिनीहरुमाथि पछिल्लो अमेरिकी राष्ट्रपति चुनावमा आधिपत्य गरेको आरोप छ ।  साइबर आक्रमणको माध्यमबाट रुस विश्वमा आफूलाई साइबर साम्राज्यको बादशाह बताउन चाहेको पत्रकार सोश्रिकोफ बताउछन् । ९० को दशकमा हलिउड फिल्म म्याट्रिक्सबाट प्रभावित भएर जुन रुसी साइबर इन्जिनियरले ह्याकिङ साम्राज्यको सुरुवात गरेका थिए, जो हिजोआ फुलेर फलेको छ । तर, ह्याकिङको यस खेलमा रुस एक्लो छैन ।  इरान पनि ह्याकिङको संसारको एक खतरनाक खेलाडी हो ।

सन् १९९०को दशकमा इन्टरनेट आएसँगै इरानले आफ्ना नागरिकलाई साइबर आक्रमणका लागि तयार गर्न सुरु गर्यो । इरान जस्तो मुलुकमा सामाजिक सञ्जाल सरकारविरुद्ध आवाज उठाउने ठूलो मञ्च हुने गर्छ । सरकार यिनीहरुको निगरानी गर्छ । इरानमा सरकारले आफ्नाविरुद्ध बोल्ने पक्षको मुख बन्द गर्नका लागि ह्याकर्सको प्रयोग गर्छ ।

सन् २००९ मा जब इरानमा सरकार विरोधी प्रदर्शन बढ्दै गइरहेको थियो । तब इरानको सरकारी ह्याकर्सले तमाम सामाजिक सञ्जाल अकाउन्ट ह्याक गरेर ती आन्दोलनको पछि को छ भनी पत्ता लगाएको थियो । ती व्यक्तिहरुको पहिचान खुलेपछि उनीहरुलाई डराउने, धम्क्याउने र जेल हालिने गरिए । यसको अर्थ, साइबर संसारको शक्तिको माध्यमबाट ईरान सरकारले आफ्नोविरुद्ध बढिरहेका अभियानलाई शान्त पार्यो ।

इरानसँग रुससँग जस्तो शक्तिशाली साइबर सेना त छैनन्, तर यसले ट्विटर जस्तो सामाजिक सञ्जाललाई चिन्तित बनाउने सामाग्री अवश्य राख्छ । इरानको साइबर सेनालाई त्यहाँको चर्चित रिभोल्युसनरी गार्ड चलाउने जानकारीमा छ । इरानमा विश्वका दक्ष इन्जिनियर तथा वैज्ञानिक तयार हुन्छन् । समास्यका के छ भने यीमध्ये धेरैजसो अध्ययन पूरा गरेपछि अमेरिका वा अन्य पश्चिमी देशतिर सर्छन् । इरानी साइबर सेनाले बाँकी रहेका विशेषज्ञकै मद्दतबाट काम चलाउनुपरेको छ ।

अमेरिकाको थिंक ट्यांक कार्नेगी एन्डोमेन्टका लागि काम गर्ने करिम भन्छन्, ‘इरान तेश्रो दर्जाको साइरबर शक्ति हो । अमेरिका, रुस, चीन र इजरायली साइबर शक्तिको मामिलामा पहिलो दर्जामा आउँछन् । युरोपेली देशहरुको साइबर सेना दोश्रो नम्बरमा आउँछन् ।’  प्रायः इरान साइबर आक्रमणको निशानामा रहन्छ । विशेषगरी अमेरिका र इजरायलबाट ।

सन् २०१२ मा इरानको तेल उद्योगमा भएको साइबर हमलामा त्यसको स्टिमको हार्ड ड्राइभबाट डाटा उडाएको थियो । इरानमाथि यस साइबर हमलाको पछि अमेरिका वा इजरायलको हात हुने आशंका गरिएको थियो ।  इरानले यस हमलाबाट ज्ञान लिँदै तीन महिनपछि आफ्नो शत्रु मान्ने साउदी अरबमाथि ठूलो साइबर हमला गर्यो ।

यस हमलामा इरानका ह्याकर्सले साउदी अरबको तीस हजार कम्प्युटरको डाटा उडाइदिएका थिए ।  आज ह्याकर्सले आफ्नो साम्राज्यलाई पूरै विश्वमा फैलाएको छ । धेरथोरै हरेक देशमा ह्याकर हुन्छन् । कुनै देशमा सरकारका लागि काम गर्छन् भने कुनैमा सरकारविरुद्ध ।  तर, एक यस्तो देश छ, जहाँको साइबर ह्याकिङ सेना पूर्णरुपले सरकारी हुन्, त्यो हो उत्तर कोरिया ।  उत्तर कोरियाको गुप्तचर एजेन्सी ‘आरजिबी’ ले ह्याकर्सका सेनालाई परिचालन गर्छ ।

उत्तर कोरियामा १३ देखि १४ वर्षको उमेरदेखि नै ह्याकिङको तालिम दिने गरिन्छ । स्कुल स्तरबाटै प्रतिभाशाली बच्चालाई छाटेर ह्याकिङको गुप्तचर सेनामा दर्ता गरिन्छ ।  संशाधनको अभावका कारण उत्तर कोरियामा बच्चाहरु पहिले कागजको बोर्डमा अभ्यास गर्छन् । जसमध्ये जो तेजिलो र छिटो हुन्छन् उनीहरुपछि कम्प्युटरमा प्रयोग गर्न लगाइन्छ । उत्तर कोरिया आफ्ना धेरै जस्तो छात्रछात्रालाई चीन वा अन्य एसियाली देशमा आइटीको पढाइ गर्न पठाउँछ ।

यीमध्ये केही छात्राहरु अध्ययन पूरा गरेपछि चीन वा अन्य कुनै देशमा रहेर आफ्नो देशका लागि ह्याकिङको काम गर्छन् । उत्तर कोरियाली छात्राहरु एक लाखदेखि डेढ लाख डलर लिएर फ्रिलेन्स ह्याकिङको काम गर्छन् र पैसा आफ्नो देशलाई पठाउँछन् ।  उत्तर कोरियाका ह्याकर्सले विश्वको थुप्रै बैंकमाथि ठूला साइबर हमला गरेर करोडौँको रकम उडाएका छन् ।

यिनीहरुको निशानामा ल्याटिन अमेरिकी देश इक्वाडोरदेखि लिएर छिमेकी देश हुन्छन् ।  यसरी साइबर हमला बढ्दै जाँदा विश्वका विभिन्न देशले साइबर सुरक्षाका लागि प्रहरी बल तयार गर्छ । इजरायली साइबर सुरक्षा विशेषज्ञ माया होरोभित्जका अनुसार, सामान्यतः आइटी विशेषज्ञ नै साइबर हमलाको पछि हुन्छन् ।

उनीहरु तीन वा चार जनाको टिममा काम गर्छन् । उनीहरु एक अर्कालाई कोड नेमबाट चिन्छन्, वास्तविक नाम थाहा हुन्न ।  मायाका अनुसार, ह्याकर्स प्राय टेलिग्राफ नामबाट सोसल म्यासेजिङ एपको माध्यमबाट कुरा गर्छन् । यो एनक्रिस्टेड म्यासेज सेवा हो, जो आतंकवादी संगठनका बीच निक्कै लोकप्रिय छ ।  साइबर अपराधी प्रायः आफ्नो दक्षता वा कोडलाई बेचेर पैसा कमाउँछ ।

ऊ बैंक वा कुनै वित्तीय संस्थानको कर्मचारीसँग मिलेर ह्याकिङ गर्छ वा कुनै समयका लागि आफ्नो ह्याकिङ कोड अन्य कुनैलाई दिएर पैसा कमाउन सक्छ ।  आजको समयमा साइबर अपराध वा ह्याकिङ एक ठूलो कारोबार बनेको छ । साइबर संसारको अपराधी हिजोआज भर्चुअल करेन्सी जस्ता बिटकाइनलाई निशाना बनाइरहेका छन् ।

ऊ अर्कोको खाताको भर्चुअल रकमलाई ह्याकिङ गरेर आफ्नो खातामा ट्रान्सफर गरी पैसा कमाउँछ । अर्थात् यसो भनौं, अर्कोको भर्चुअल खातामा चोरी गर्छ ।

अहिलको समयमा साइबर अपराधीको साम्राज्य यति फैलिएको छ, यसको धन्दा अरब–खरब डलर पुगेको छ । यिनीहरुलाई थुप्रै देशमा सरकारी ट्रेनिङ दिँदैछ, ताकि शत्रु देशलाई निशाना बनाउन सकियोस् । इरानजस्तो देश ह्याकर्सलाई भाडामा लिएर विरोधी आवाजलाई दबाइरहेको छ । साइबर अन्डरवर्ड निक्कै फुल्दै फैलिरहेको छ ।  बिबिसीबाट

  • 14
    Shares