You are here
Home > अर्थ/बजार > ३० हजार घुससहित प्रहरी निरीक्षक रंगेहात पक्राउ

३० हजार घुससहित प्रहरी निरीक्षक रंगेहात पक्राउ

२५ भाद्र २०७५, सोमबार ०८:५७

बर्दिया-बर्दियामा एक प्रहरी निरीक्षक घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महता सेवाग्राहीबाट ३० हजार घुस लिँदै गरेको अवस्था आइतबार राति ८ बजे पक्राउ परेका हुन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोग कोहलपुर कार्यालयबाट खटिएको टोलीले मुद्दा मिलाई दिने भन्दै रकम लिँदै गरेको अवस्थामा दसीसहित पक्राउ परेका हुन् । घुस मिलाई दिने सहयोगी बढैयाताल गापाकी मैया पौडेललाई पनि नियन्त्रणमा लिइएको छ ।

  • 1
    Share