You are here
Home > समाचार > मसाज, डान्सबारमा छापा मार्ने अधिकार प्रहरीसँग छैनः आर्इजीपी खनाल

मसाज, डान्सबारमा छापा मार्ने अधिकार प्रहरीसँग छैनः आर्इजीपी खनाल

२५ भाद्र २०७५, सोमबार १७:५७

काठमाडौं- काठमाण्डौमा सञ्चालित मसाज, डान्स बार नियन्त्रण गर्न आफुलाई अधिकार नभएको नेपाल प्रहरीले बताएको छ।सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रहरीले महिला, बालबालिका बेचविखन हुन नदिन सक्दो पहल गरिरहेको बताएका छन्।

प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले काठमाण्डौमा सञ्चालित मसाज, डान्स बार नियन्त्रण गर्न आफुहरुलाई अधिकार नभएको बताएका हुन्। नेपाल प्रहरीलाई यस्तो काम गर्नका लागि स्पष्ट अधिकार नभएको बताए।

महानिरीक्षक खनालले काठमाडौंका मसाज, डान्स, बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफूहरुसँग नरहेको प्रष्ट पारेका छन् ।

उनले समाजमा अश्लीलता हुन नदिन आफूहरुले मसाज, डान्स, बारहरुमा छापा मार्ने गरे पनि त्यसलाई नियन्त्रण गर्न स्थानीयले साथ नदिएको भन्दै दुखेसो पोखेका छन् ।

उनले उजुरी नै नभएका कारण मानव बेचबिखनको घटना हुन नदिन प्रहरीले आवश्यक पहलकदमी लिन नसकेको पनि बताए ।

  • 34
    Shares