You are here
Home > प्रशासन > प्रहरी सहि विरुद्ध विशेष अदालतमा मुद्धा

प्रहरी सहि विरुद्ध विशेष अदालतमा मुद्धा

२५ भाद्र २०७५, सोमबार १९:०८

काठमाडौं –प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, नक्सालमा कार्यरत प्रहरी नायव निरीक्षक निरज शम्शेर जवराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप पत्रमा सोही प्रमाणपत्र पेश गरि प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामै कार्यरत रहेकाले छानविन गर्न अनुरोध गरिएको उल्लेख छ।

उनको माध्यामिक शिक्षा परिषद्, उत्तरप्रदेश भारतबाट पास गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरि प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भई प्रहरी नायव निरीक्षक पदमा बढुवा भएर सरकारी लाभ लिएको आरोप-पत्रमा उल्लेख छ।

प्रेस विज्ञप्ति 

मिति २०७५।०५।२५ गते

 आरोप-पत्र दायर गरिएको

प्रहरी प्रधान कार्यालय, सुरक्षा सेवा निर्देशनालय, नक्शालमा कार्यरत प्रहरी नायव निरीक्षक निरज शम्शेर ज.व.रा.ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ती भइ प्रहरी सेवामा कार्यरत रहेकाले छानविन गरी कारवाही गरीपाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट पास गरेको ईण्टरमिडीयट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा शुरु नियुक्ति भै प्रहरी नायब निरीक्षक पदमा बढुवा भएर सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएले निजले गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

रामेश्वर दंगाल

सह-सचिव एवं प्रवक्ता

  • 12
    Shares