You are here
Home > समाचार > फेरि एआइजी पद सात पुर्याईनेः यी हुन् एआइजी पद ताक्नेहरु

फेरि एआइजी पद सात पुर्याईनेः यी हुन् एआइजी पद ताक्नेहरु

२६ भाद्र २०७५, मंगलवार १३:५१

काठमाडौं-आवश्यकता र औचित्यविना नै शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीका दरबन्दी बढाएर १५ पुर्याएको थियो। नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले एआइजीका अनावश्यक दरबन्दी कटौती गरी ३ वटामात्र बनाएपछि प्रहरीमा बार्षिक ३ करोड रुपैयाँ अतिरिक्त ब्ययभार कम हुन गयोे । तर, सरकारले भागबण्डा पुर्याउन एआइजीका दरबन्दी पुनः थप्न लागेको गृह स्रोत बताउँछ।

डीआइजीद्वय सुरेशविक्रम शाह र धिरु बस्नेतलाई बढुवा गर्नका लागि पुनः एआइजीका दुई दरबन्दी थप गरी पाँच पुर्याउन लागिएको छ । स्रोतका अनुसार, तीन एआइजीमा डीआइजीहरु पुस्कर कार्की, मनोज न्यौपाने र ठूले राई बढुवा हुनेछन् ।

तर, नेकपाका नेता जनार्दन शर्माको दबाबमा पुष्पकमल दाहालले डीआइजी सुरेशबिक्रम शाहलाई एआइजी बनाउनका लागि दरबन्दी थप्न लागेका छन् । प्रधानमन्त्री ओलीमाथि धिरु बस्नेतलाई बढुवा गर्न दोलखाका एमाले नेताहरुको चर्को दबाब परिरहेको छ ।

दरबन्दी थप्नकै लागि एआइजी बढुवामा बिलम्ब भएको समाचार छ । स्रोतका अनुसार, नेकपा अध्यक्ष दाहाल नयाँ दिल्लीबाट फर्किएपछि मात्र नेपाल प्रहरीमा एआइजी बढुवा प्रक्रिया अघि बढ्ने स्रोत बताउँछ ।

एआइजी बढुवाका लागि कार्यसम्पादन मूल्यांकनको प्रक्रिया सकिएको छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पाँच जनाका अलावा केही समय अघि मात्र बढुवा भएका अरु १३ डीआईजी पनि लाइनमा छन् ।

डीआईजीहरु केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमलबहादुर जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी पनि एआईजीका आकांक्षी हुन् । साँघु साप्ताहिकमा समाचार छ।

  • 21
    Shares