You are here
Home > समाचार > प्रहरी नायव निरीक्षक जोशीसहित दुई जना जवान घाइते

प्रहरी नायव निरीक्षक जोशीसहित दुई जना जवान घाइते

२६ भाद्र २०७५, मंगलवार १६:००

काठमाडौं-बझाङ्गमा प्रहरी नायब निरीक्षक भान्देब जोशी सहित दुई जना प्रहरी जवान घाईते भएका छन्। घाईते हुनेमा प्रहरी जवान गणेश प्रसाद मिश्र र जनक सिंह बिष्ट घाइते भएका छन्।

घाईते बिष्टको टाउँकोमा गम्भिर चोट लागे पछि जिल्ला अस्पताल बझाङ्गमा उपचार हुन नसक्दा नेपालगञ्ज रिफर गरेको प्रहरी नायब निरीक्षक राम सिंह धामीले जानकारी दिए।

उनी मेला लाग्ने ठाउँबाट केहि प्रहरी टोली युनिट तिर फर्कने क्रममा ढुङ्गामुढा प्रहार गरी घाईते भएका हुन्।
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ नजिकै रहेको बाजकाडा भन्ने स्थानमा सोमवार साझँ ८ बजेको समयमा एक्कासी आक्रमण भएको हो ।

दुर्गाथली गाउँपालीका र छविस पथिभेरा गाउँपालीकाको बिच केन्द्र विन्दुमा लागेको बिर्सती मेला समापन भएपछि गाडीमा यात्रा गर्दै आएका प्रहरी र अन्य छ जना यात्रुहरुमाथि कुटपिट भएको छ ।

एक्कासि बिच रोडमा नचिनेको समुहले प्रहरी र पत्रकार उत्तम कुमार थापा लाई आक्रमण गरेका थियो। मदिरा सेवन गरिरहेका करिब अन्दाजी १६ या १७ जनाको टोलिले माथिबाट ढुङगा मुडा प्रहार गर्दा प्रहरी जवान जनक सिंह बिष्ट लाई धारिलो हतियार प्रहार गर्दा गम्भिर घाइते बनाएका हुन्।
गाडीमा ९ जना यात्रु सवार गरिरहेका थिए एक्कासी आक्रमण भए पछि प्रहरी सहि सहित दुई प्रहरी जवान र स्थानीय रेडियो का पत्रकार घाईते भएका हुन् ।

  • 78
    Shares