You are here
Home > समाचार > घडेरी कीर्ते प्रकरणः मालपोत कार्यालय चाबहिलका ४ जना कर्मचारी पक्राउ

घडेरी कीर्ते प्रकरणः मालपोत कार्यालय चाबहिलका ४ जना कर्मचारी पक्राउ

२६ भाद्र २०७५, मंगलवार १६:५३

काठमाडौं-काठमाडौं घडेरी कीर्ते गरेर बेचबिखन गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका ४ जना कर्मचारी पक्राउ परेका छन् । मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठलाई ललितपुरका चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी कीर्ते गरेर बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको हो।

महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लका अनुसार कायस्थको जग्गा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुबप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतमलाई हिरासतमा थिए ।

यी ४ जना मालपोतका कर्मचारीको मिलेमतोमा ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ स्थित २ रोपनी ८ आना जग्गा कीर्ते गरी बेचबिखन भएको थियो ।

अधिकृतसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी गराएको छ ।

  • 9
    Shares