You are here
Home > समाचार > गुण्डा नाइके पुष्पराज श्रेष्ठ पक्राउ

गुण्डा नाइके पुष्पराज श्रेष्ठ पक्राउ

२६ भाद्र २०७५, मंगलवार २०:०८

काठमाडौं-विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका गुन्डा नाइके पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला घर भएका श्रेष्ठलाई भदौ २६ गते अपरान्ह चार बजे काठमाडौंको गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

३६ वर्षीय श्रेष्ठको स्थायी घर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ रहेको छ। गुन्डा नाइके श्रेष्ठविरुद्ध आफ्नै गृहजिल्ला सिन्धुलीमा सात वटा मुद्दा चलेको थियो । उनले राजधानीमा पनि विभिन्न अपाराधिक गतिविधि गर्दै आएका थिए ।

प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका श्रेष्ठलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको एसएसपी सिंहले बताए।

  • 14
    Shares